कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा : अध्यक्ष थापा « Khabarhub

कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा : अध्यक्ष थापा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको विकल्प भनेको राप्रपा मात्रै भएको बताएका छन् ।

सोमबार आफ्नो चुनावी क्षेत्र मकवानपुर–१ को वाग्मती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले अब कांग्रेस र कम्युनिस्टको विकल्पका रुपमा राप्रपा मात्र रहेको बताएका हुन ।

क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबन्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस, कम्युनिस्ट असफल भएको बताए ।

०६२/६३ को परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटीपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए ।

राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरे? आफूसङ्ग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छ? योग्यता , क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए।

कार्यक्रममा पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता,निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपाने,जिल्ला सचिव सागर थापा, दिलबहादुर बल,शरणकाजी श्रेष्ठ ,जोसेफ राई, मदन राना लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : १४ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर