लोकतन्त्रको ‘चीरहरण’मा मस्त सरकारलाई सडकबाटै ठेगान लगाउँछौँ : नेता जोशी « Khabarhub

लोकतन्त्रको ‘चीरहरण’मा मस्त सरकारलाई सडकबाटै ठेगान लगाउँछौँ : नेता जोशी


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।

राजधानी बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन् ।

“कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” जोशीले भने, “सरकार संसदबाट भाग्यो,संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो। बालुवाटारभित्र बसेर षड्यन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ,हेक्का रहोस् ।”

“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।” त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : २५ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ