लोकतन्त्रको ‘चीरहरण’मा मस्त सरकारलाई सडकबाटै ठेगान लगाउँछौँ : नेता जोशी « Khabarhub

लोकतन्त्रको ‘चीरहरण’मा मस्त सरकारलाई सडकबाटै ठेगान लगाउँछौँ : नेता जोशी


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।

राजधानी बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन् ।

“कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” जोशीले भने, “सरकार संसदबाट भाग्यो,संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो। बालुवाटारभित्र बसेर षड्यन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ,हेक्का रहोस् ।”

“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।” त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : २५ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र