ए डिभिजन लिग फुटबलः आज मनाङ र संकटा भिड्दै | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः आज मनाङ र संकटा भिड्दै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

मनाङ र संकटा गत सिजनका विजेता र उपविजेता टोली हुन् । यी दुई टोलीबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्ने दाउमा देखिएको छ ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने, ‘हामी अपरजित छौं । संकटाविरुद्ध लक्ष्य तीन अंकको हुनेछ । अंक तालिकामा यथास्थितिमा रहन जित्नैपर्ने दबाब छ ।’

मछिन्द्रसँगको खेलमा झगडामा मुछिएका दुई खेलाडीलाई आज मनाङ मैदानमा उतार्न पाउने छैन । एन्फाले अशोक बराल  तथा जगजित श्रेष्ठमाथि कारबाही गरेको छ ।

संकटा पनि मनाङलाई रोक्ने दाउमा रहने छ । संकटाका प्रशिक्षक विजय महर्जनले भने, ‘ हाम्रा खेलाडी लयमा छन् । जित्नका लागि खेल्छौं ।’

लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : २५ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र