दुई औंलामै अट्ने स्मार्ट फोनको संसारभर चर्चा « Khabarhub

दुई औंलामै अट्ने स्मार्ट फोनको संसारभर चर्चा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मार्ट फोन उत्पादक कम्पनीहरुबीच कत्रो स्मार्ट फोन बनाउने भन्ने होडबाजी चलेको छ ।

पछिल्लो केहि वर्षदेखी स्मार्टफोन उत्पादकहरु ठूलो स्क्रीनवाला स्मार्टफोनमा केन्द्रित भइरहेका  छन । तर जापानको स्मार्टफोन राकुटेनले भने दुई औंलामा नै राख्न सकिने स्मार्टफोन बनाएर सबैलाई चकित बनाएको छ ।

कम्पनीले यस फोनलाई राकुटेन मिनी नाम दिएको छ । राकुटेन मीनी स्मार्टफोनमा कम्पनीले ३.६ इन्चको डिस्प्ले दिएको छ । जसमा ७२०×१२८० पिक्सलको एचडी रेज्युलुसन दिइएको छ । यसको आकार अत्यन्तै सानो छ ।

यस फोनको डायमेशन ५३.४×१०६.२×८.६ एमएम रहेको छ जसको तौल मात्रै ७९ ग्राम मात्र छ । राकुटेन मीनी स्मार्टफोन निकै नै कम्प्याक्ट साइजको स्मार्टफोन हो ।

राकुटेन मिनी स्मार्टफोनमा कम्पनीले क्वालकम स्न्यापड्रयागन ४३९ चिप सेट लगाएको छ । यस फोनमा ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ । रिर्पोटअनुसार यस फोनमा मेमोरी कार्डको लागी कुनै स्लट दिईएको छैन् । यस फोनमा कम्पनीले १,२५० एमएएच पावरको ब्याट्री लगाएको छ ।

राकुटेन मिनी स्मार्टफोनको मुल्यको २१ हजार ८ सय येन रहेको छ । यो फोन सेतो, रातो र कालो रंगमा उपलब्ध छ ।

 

 

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २१ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले