सरकारविरुद्ध डरलाग्दो गरी प्रचार आक्रमण छेडिएको छ– प्रधानमन्त्री ओली « Khabarhub

सरकारविरुद्ध डरलाग्दो गरी प्रचार आक्रमण छेडिएको छ– प्रधानमन्त्री ओली


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध प्रचार आक्रमण देडिएको बताएका छन् । सरकारले गरेका कामकाविरुद्ध केही व्यक्ति तथा समूहले प्रचार युद्ध नै छेडेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बुधबार राष्ट्रिय सभा गृहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामविरुद्ध प्रचार युद्ध छेडिएको बताएका हुन् ।

‘हाम्राविरुद्ध प्रचार युद्ध डरलाग्दो गरि छेडिएको छ । प्रचार युद्ध मात्र होइन, आक्रमण छेडिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो युद्ध हैन, युद्ध त दुईतिर बाटै हुन्छ । आक्रमण छेडिएको छ । डरलाग्दो तरिकाले ।’

प्रधानमन्त्री ओलीले कतिपय अवस्थामा सरकारका केही कमजोरी भएको हुनसक्ने पनि स्वीकारे । ‘कतिपय अवस्थामा सरकारका कमी कमजोरी भएका पनि हुनसक्छन् । कतिपय अपेक्षा अनुसार पूरा नभएको हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी काम नगरी बसेका वा अपलव्धि हासिल नगरी बसेका वा पछाडि परेका होइनौं ।’

संविधान जारी भएपछि भएको संसदीय निर्वाचन पछिका २ वर्षमा असाधारण उपलब्धि हासिल गरेको पनि ओलीले दाबी गरे । ‘निर्वाचन भन्दा पछि यो २ वर्षमा असाधारण उपलब्धि हासिल गरेका छौं,’ ओलीले ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा अत्यन्त महत्वपूर्ण उपलव्धि हासिल गरिएको पनि दाबी गरे ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : ०३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस