सरकारविरुद्ध डरलाग्दो गरी प्रचार आक्रमण छेडिएको छ– प्रधानमन्त्री ओली « Khabarhub

सरकारविरुद्ध डरलाग्दो गरी प्रचार आक्रमण छेडिएको छ– प्रधानमन्त्री ओली


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध प्रचार आक्रमण देडिएको बताएका छन् । सरकारले गरेका कामकाविरुद्ध केही व्यक्ति तथा समूहले प्रचार युद्ध नै छेडेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बुधबार राष्ट्रिय सभा गृहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामविरुद्ध प्रचार युद्ध छेडिएको बताएका हुन् ।

‘हाम्राविरुद्ध प्रचार युद्ध डरलाग्दो गरि छेडिएको छ । प्रचार युद्ध मात्र होइन, आक्रमण छेडिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो युद्ध हैन, युद्ध त दुईतिर बाटै हुन्छ । आक्रमण छेडिएको छ । डरलाग्दो तरिकाले ।’

प्रधानमन्त्री ओलीले कतिपय अवस्थामा सरकारका केही कमजोरी भएको हुनसक्ने पनि स्वीकारे । ‘कतिपय अवस्थामा सरकारका कमी कमजोरी भएका पनि हुनसक्छन् । कतिपय अपेक्षा अनुसार पूरा नभएको हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी काम नगरी बसेका वा अपलव्धि हासिल नगरी बसेका वा पछाडि परेका होइनौं ।’

संविधान जारी भएपछि भएको संसदीय निर्वाचन पछिका २ वर्षमा असाधारण उपलब्धि हासिल गरेको पनि ओलीले दाबी गरे । ‘निर्वाचन भन्दा पछि यो २ वर्षमा असाधारण उपलब्धि हासिल गरेका छौं,’ ओलीले ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा अत्यन्त महत्वपूर्ण उपलव्धि हासिल गरिएको पनि दाबी गरे ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : ०३ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने