सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था | Khabarhub Khabarhub

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ ।

बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा पीडित पक्षले बुधबार दिनभर कुनै अराजक गतिविधि र प्रदर्शन नगर्ने सहमति जनाएको छ ।

भे १ ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मंगलबार कालिकोटको महावै गाउँपालिका–३ का २० वर्षी केशर सिंहको मृत्युपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो ।

घटना भएलगत्तै प्रहरीले चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

मृतक युवका आफन्त र स्थानीयहरुले भने मंगलबार वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र बन्द गराउँदै तोडफोड गर्न थालेपछि स्थानीय प्रशासनले बुधबार बिहान ६ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ३० बजे

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

वाशिङ्टन डिसी – नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा

आज राति चार प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा

३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो

न्युयोर्क – अमेरिकाको एक जोडीले ३० वर्ष भन्दा बढी समय

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।