अफगानस्तानका ओपनर साहजाद चितवन टाइगर्समा आवद्ध | Khabarhub Khabarhub

अफगानस्तानका ओपनर साहजाद चितवन टाइगर्समा आवद्ध


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका क्रिकेटर मोहमद साहजाद एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्लब चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

टाइगर्सले बुधबार प्रेस विज्ञप्ती जारी गरि साहजादलाई ईपीएलका लागि टोलीका अनुबन्ध भएको जनाएको छ ।

विज्ञप्तीमा चितवनले साहजादलाई टोलीमा आवद्ध गर्न पाउँदा उत्साहित रहेको समेत जनाएको छ । साहजादसँग अफगानस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका टि–२० फ्रेन्चाईज खेलेको अनुभव छ ।

अफगानस्तानका ओपनिङ ब्याट्सम्यान साहजादसँगै चितवनले केही दिन भित्रै नै आफ्ना अन्य खेलाडीको घोषणा गर्ने बताएको छ ।

साहजादले अफगानस्तानका लागि २ टेस्ट, ८४ ओडिआई र ६५ टि–२० खेलिसकेका छन् । यसै सिजनका लागि चितवनले सोमपाल कामीलाई ए क्याटगोरि खोलडीका रुपमा भित्र्याएको थियो ।

ईपीएल चैत १ देखि १५ गतेसम्म किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ४३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी