काठमाडौँ महानगरको सहयोगमा गंगालाल अस्पतालमा अक्सिजन प्लाण्ट राखिने « Khabarhub

काठमाडौँ महानगरको सहयोगमा गंगालाल अस्पतालमा अक्सिजन प्लाण्ट राखिने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौँ महानगरपालिकाले आज गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ ।

शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर–५ का सांसद समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेर र प्रदेश सांसद दिपक निरौलाको रोहवरमा भएको सम्झौतापत्र हस्ताक्षरमा अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि निशुल्क अक्सिजन उपलब्ध गराउन आवश्यक पर्ने अक्सिजन प्लाण्ट र त्यससम्वन्धि उपकरण खरिदका लागि लाग्ने सम्पूर्ण रकम महानगरपालिकाले उपलब्ध गराउने उल्लेख छ । त्यसका लागि काठमाडौँ महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही गरौँ भन्ने उदेश्यका साथ महानगरपालिकाले यस्तो कामको थालनी गरेको बताए ।

‘हामीले यस अघि नै कान्तिवाल अस्पताललाई पनि अक्सिजन प्लाण्ट जडानका लागि रु दुई करोड दिने सम्झौता गरेका छौँ फेरि ब्लड सेक्रेसनका लागि थप एक करोड दिने भनेका छौँ,’ उनले भने, ‘त्यसैगरी श्री विरेन्द्र अस्पताल छाउनीसँग पनि हेमोडाइलसिस मेसिन राख्नका लागि रु तीन करोड सहयोग गर्ने सम्झौता गरिसकेका छौँ । त्यहाँ काम सुरु भएको छ ।’

मेयर शाक्यले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही सहयोग गरौँ भन्ने उदेश्यले नै यस्ता कामको थालनी गरेको दोहोर्याउँदै महानगरपालिकाकै सहयोगमा नेपाल एम्वुलेन्स सेवाले १० ओटा एम्वुलेन्समार्फत सेवा दिइरहेको पनि स्मरण गराए ।

‘स्वास्थ्य सेवाका क्षेत्रमा त्यस्तो केही सहयोग गर्नुपर्ने छ भने तपाईँहरुले वडामार्फत योजना लिएर ल्याउनु होला हामी अझै सहयोग गर्न तयार छौँ,’ शाक्यले भने,, ‘तपाईँ–हामी सबै मिलेर मात्रै अघि बढ्न सक्छौँ ।’

कार्यक्रमलाई सम्वोधान गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. अधिकारीले पनि महानगरपालिकाको यस्तो सहयोगबाट आफूहरु उत्साहित भएको भन्दै २० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस अस्पतालमा स्वास्थ्य सेवा लिनेहरुको अत्याधिक भीड बढिरहेको अवस्थामा यो खालको सहयोगले निकै सहज हुने बताए ।

कार्यक्रममा मन्त्री पोख्रेलसँगै स्वास्थ्य राज्यमन्त्री नजराज राउत, प्रदेश तीनका सांसद नारायण सिलवाललगायतको पनि उपस्थिति रहेको थियो ।

स्वास्थ्य सेवाको क्षेत्रमा योगदान गर्दै आएको काठमाडौँ महानगरपालिकाले यस अघि नै कान्तिवाल अस्पतालका लागि पनि अक्सिजन प्लाण्ट र त्यससम्वन्धि उपकरण खरिदका लागि रु दुई करोड सहयोग गरेको छ ।

त्यसैगरी गत पुस २ गते हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि श्री विरेन्द्र अस्पताल छाउनीसँग रु तीन करोड सहयोग गर्ने सम्झौता गरेको थियो । सो सम्झौता अनुसार नै सो अस्पतालले हेमोडाइलोसिस सेवा सुरु गरिसकेको छ ।

केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले श्री विरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि मेसिन खोली सेवाको सुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ३ : ५५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको