रोहित थप २ वर्ष पर्सिजा जकार्ताबाटै खेल्ने « Khabarhub

रोहित थप २ वर्ष पर्सिजा जकार्ताबाटै खेल्ने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको लिगा वान क्लब पर्सिजा जकार्तासँगको सम्झौता नविकरण गरेका छन् ।

यसअघि पनि पर्सिजाबाट खेलिसकेका रोहितले पुनः उही क्लबबाट खेल्ने भएका छन् । नयाँ सम्झौताअनुसार अब उनी २०२१ सम्म पर्सिजासँगै रहेका छन् ।

क्लब र रोहितबीचको सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । यद्यपी उनको सम्झौता रकम भने खुलाइएको छैन् ।

रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए । त्यसको अर्को सिजन उनी पर्सिजामा अनुबन्सध भएका थिए ।

चोटका कारण उनले सन् २०१५ र १६ को सिजन खेल्न पाएनन् । त्यसपछि नियमित रुपमा उनी पर्सिजाबाट खेल्दै आएका छन् ।

सन् २०१८ मा पर्सिजालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी वर्षको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । केही समय अगाडि काठमाडौं आएका उनी नेपालको घरेलु लिग सहिद स्मारक ए डिभिजन खेल्ने चर्चा पनि चलेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका