रोहित थप २ वर्ष पर्सिजा जकार्ताबाटै खेल्ने « Khabarhub

रोहित थप २ वर्ष पर्सिजा जकार्ताबाटै खेल्ने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको लिगा वान क्लब पर्सिजा जकार्तासँगको सम्झौता नविकरण गरेका छन् ।

यसअघि पनि पर्सिजाबाट खेलिसकेका रोहितले पुनः उही क्लबबाट खेल्ने भएका छन् । नयाँ सम्झौताअनुसार अब उनी २०२१ सम्म पर्सिजासँगै रहेका छन् ।

क्लब र रोहितबीचको सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । यद्यपी उनको सम्झौता रकम भने खुलाइएको छैन् ।

रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए । त्यसको अर्को सिजन उनी पर्सिजामा अनुबन्सध भएका थिए ।

चोटका कारण उनले सन् २०१५ र १६ को सिजन खेल्न पाएनन् । त्यसपछि नियमित रुपमा उनी पर्सिजाबाट खेल्दै आएका छन् ।

सन् २०१८ मा पर्सिजालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी वर्षको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । केही समय अगाडि काठमाडौं आएका उनी नेपालको घरेलु लिग सहिद स्मारक ए डिभिजन खेल्ने चर्चा पनि चलेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : १५ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय