एसीसी इर्स्टन रिजन क्रिकेट : ओपनिङमा नयाँ प्रयोग, कीर्तिमान नजिक सन्दीप « Khabarhub

एसीसी इर्स्टन रिजन क्रिकेट : ओपनिङमा नयाँ प्रयोग, कीर्तिमान नजिक सन्दीप

युवा र सिनियर खेलाडीको सन्तुलित टोली



काठमाडौं – आज नेपाली क्रिकेट टोलीले एसीसी इर्स्टन रिजन क्रिकेट कपमा मलेसियासँग आफ्नो पहिलो खेल खेल्दैछ । थाइल्यान्ड क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार खेल मध्यान्न सबा १२ बजे हुनेछ ।

बिगतका खेलमा नेपाली टोली मलेसियामाथि हाबी भएको छ । नेपाल र मलेसियाबीच अहिलेसम्म भएका ७ खेलमध्ये ६ खेलमा नेपालले नै जीत दर्ता गरेको छ । एक खेलमा मात्र मलेसियाले जित हात पारेको छ ।

प्रतियोगितामा विपक्षीलाई कमजोर नआक्ने कप्तान ज्ञानेन्द्र मल्लले यसअघि बताइसकेका छन् । उनले थाइल्यान्ड जानु अगाडि पत्रकार सम्मेलनमा टी–२० मा कुनै पजि विपक्षी टोलीलाई कमजोर आँक्न नमिल्ने बताएका हुन् ।

‘हाम्रो तयारी राम्रो भएको छ । कप जित्ने लक्ष्य हो । त्यसबाट हुँदै एसिया कप क्वालिफायरमा पुग्ने छ,’ उनले भने, ‘पहिलो कुरा हामी त्यहाँ गएर राम्रो क्रिकेट खेल्नेछौं ।’

कप्तान मल्लले भने, ‘टी–२० क्रिकेटमा विपक्षीलाई कमजोर आँक्न मिल्दैन । सबैलाई सम्मान गर्नु पर्छ ।’

इर्स्टन रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले ब्याटिङतर्फ नयाँ प्रयोग गर्ने तयारी गरेको छ । नेपाली क्रिकेट टोलीको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको ब्याटिङ लाइनमा केही नयाँ प्रयोग हुनसक्ने मुख्य प्रशिक्षक जगत टमटाले बताएका छन् । ब्याटिङको प्रारम्भिक चरण ‘ओपनिङ’ मा नयाँ प्रयोग हुने उनको संकेत छ ।

अहिले नेपाली टोलीमा शीर्ष ब्याट्सम्यानका रुपमा कप्तान ज्ञानेन्द्र मल्लसँगै पूर्व कप्तान पारस खड्का र युवा अलराउण्डर कुशल मल्ल छन् । मल्ल र खड्काले पछिल्लो केही वर्षदेखि नेपाली टोलीको ओपनिङ सम्हाल्दै आएका छन् ।

मल्ल ओपनरका रुपमा लामो समय रहिसकेका कारण अब उनीसँग खड्काले ब्याटिङ गर्छन् वा कुशललाई कप्तान मल्लसँग ओपनिङमा पठाइन्छ भन्ने निर्णय भने टिम व्यवस्थापनले थाइल्यान्डमा नै देखिनेछ ।

तर, नेपालबाट थाइल्यान्ड जानु अघि कप्तान मल्ल र प्रशिक्षक टमटाले कुशल ओपनिङमा आउनसक्ने संकेत गरेका छन् ।

‘कुशल मल्ल बाँया हाते ब्याट्सम्यानका रुपमा टोलीमा रहेका छन् । उनले स्पिन बलिङ पनि राम्रै गर्छन्,’ प्रशिक्षक टमटाले भने, ‘ओपनिङ कसले गर्ने भन्नेमा भने त्यहाँको अवस्था हरेर टिम व्यवस्थापनले निर्णय गर्नेछ । कुशललाई ओपनिङमा ल्याउने गरी क्याम्पमा तयारी गरिएको छ ।’

यदि कुशल कप्तान मल्लसँग ओपनिङमा आए खड्का तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । आजबाट शुरु हुन लागेको प्रतियोगितामा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल त्यहाँ पुगेको छ ।

पूर्व कप्तान खड्का कप्तान मल्ल र विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी अनुभवी खेलाडीका रुपमा टोलीमा रहँदा अधिकाशं युवा खेलाडी टोलीमा छन् ।

कप्तान मल्लले टोली सन्तुलित रहेको बताएका छन् । उनले युवा खेलाडीहरु क्षमता अनुसार टोलीमा आएको र उनीहरुमा नेपाललाई जिताउन सक्ने क्षमता रहेको बताएका छन् ।

‘टिम सन्तुलित छ । युवा खेलाडी उनीहरुको क्षमताले नै टिममा अटाएका हुन् । उनीहरुलाई ‘फिल अप’का लागि टोलीमा राखिएको होइन,’ उनले भने,‘क्षमताले नै खेलाडी टोलीमा अटाएका हुन् । उनीहरुमा नेपाललाई जिताउन सक्ने क्षमता छ ।’

अभ्यासका क्रममा नेपाली टोली

संक्रमणको अवस्थामा नेपाली क्रिकेट !

एसीसी इर्स्टन सिजन क्रिकेट खेल्न थाइल्यान्ड जानु अगाडि कप्तान मल्लले अहिले नेपाली क्रिकेट टोली संक्रमणको अवस्थामा रहेको बताएका छन् । उनले २०२२ सम्मको अवधिमा धेरै युवा खेलाडीलाई टोलीमा अवसर दिनु पर्ने उनले बताए ।

यो अवधिमा जतिसक्दो धेरै खेलाडीलाई राष्ट्रिय टोलीसम्मका लागि अवसर शृजना गर्नु पर्ने र टोलीमा रहेकाले प्रदर्शन देखाउन सक्नु पर्ने संकेत गरेका छन् ।

इस्टन रिजन खेल्न थाइल्यान्ड पुगेको टोलीमा आधा भन्दा बढी युवा खेलाडी छन् । पछिल्लो ५ बर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका खेलाडीको ब्रचश्व छ । टोलीको पहिलो पुस्ताको खेलाडीका रुपमा कप्तान मल्ल, खड्का र विनोद भण्डारी नै हुन् भने नयाँ खेलाडीका रुपमा युवा अलराउण्डर कुशलसँगै पहिलो पटक टोलीमा स्थान बनाएका किशोर महतो छन् ।

‘विस्तारै नेपाली क्रिकेट ‘ट्रान्जिसन प्रियड’मा छ,’ कप्तान मल्लले भने,‘त्यसले गर्दा नयाँ खेलाडीलाई पनि अवसर दिनु पर्छ ।’

‘हामीले २०२२ सम्मका लागि तयार हुनु पर्छ । त्यसैले टोलीमा अटाउने धेरै खेलाडीले अवसरको सदुपयोग पनि गर्नु पर्छ,’ उनले भने ।

सन्दीप सय विकेट नजिक !

लेग स्पिनर सन्दीप लामिछाने टि–ट्वान्टी क्रिकेटमा सय विकेटको कोशे ढुङ्गा नजिक रहेका छन् । उनले नेपालका लागि र विभिन्न क्लबबाट गरि टि–ट्वान्टी क्रिकेटमा १०० विकेट पूरा गर्ने लक्ष्यमा रहेका छन्। शनिबार मलेसियाविरुद्ध सन्दीपले १ विकेट लिन सके नेपाली क्रिकेटमा सय विकेट पुरा पहिलो नेपाली खेलाडी बन्नेछन् ।

उनले नेपालका लागि विभिन्न क्लबबाट गरि अहिलेसम्म ९९ विकेट पुरा गरेका छन् ।

तस्वीर : आइसीसी

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ३२ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको