पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ « Khabarhub

पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् ।

उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले पक्राउ गरेको हो ।

पाकिस्तानमा आधारित रही कश्मीर र भारतका अन्य क्षेत्रमा बारम्बार आतंककारी आक्रमण गर्दै आएको जैश ए मोहम्मद समूहमा आबद्ध उनले आत्मघाती आक्रमणकारी अदिल अहमद दारलाई आवास र अरु सहयोग गरेका थिए ।

पुलावामाकै काकपोरामा बसोबास गर्ने उनले फर्निचर पसल चलाउँदै आएको भारतीय अधिकारीले जनाएका छन् ।

उनलाई पाकिस्तानी आतंककारी मोहम्मद उमर फारुखले पुलवामा आक्रमणका आत्मघाती आक्रमणकारी अदिल अहमद दारसँग सन् २०१८ मा परिचय गराएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले पुलावामा आक्रमणसहित विभिन्न समयमा जैश ए मोहम्मदका आतंककारीहरुलाई हतियार, गोलिगठ्ठा, विष्फोटक पदार्थ र पैसा संकलन गरी बुझाउने गरेको खुलासा गरेका छन् ।

त्यस्तै, बयानकै क्रममा उनले अदिल अहमद दार र मोहम्मद उमर फारुखलाई सन् २०१८ देखि आक्रमणको मितिसम्म आवास प्रदान गरेको र विष्फोटक पदार्थ बनाउन सहयोग गरेको पनि खुलासा गरेका छन् ।

त्यसबाहेक आक्रमणका बेला प्रयोग गरीएको कार बम बनाउन मारुतीको इको कारलाई मोडिफाई गर्नमा समेत उनको हात थियो ।

अनुसन्धानका क्रममा उक्त आक्रमणमा एमोनियम नाइट्रेट, नाइट्रो ग्लिसिरिन र आरडिएक्सको प्रयोग भएको थियो भने डिएनए परीक्षणबाट आक्रमणकारी आदिल अहमद दारको पनि पहिचान भएको थियो ।

अनुसन्धानबाट उक्त आक्रमणमा दक्षिणी कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर मुदस्सर अहमद खान, पाकिस्तानी आतंककारीहरु मोहम्मद उमर फारुख, बम बनाउन सिपालु कमरान, बम राखिएको कारका धनी सजाद अहमद भट र कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर करी यासीर को पनि संलग्नता खुलेको थियो ।

ती सबैको भारतीय सैनिकको सुरक्षा कारवाहीमा विभिन्न समयमा ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : ५९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका