पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

पाकिस्तानको दक्षिणी शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले सुक्कुर जिल्लाको रोहरी क्षेत्रनजिकैको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ५ : ४२ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले