मध्यावधि निर्वाचनको हल्ला फैलाउने काम भयो : गृहमन्त्री थापा « Khabarhub

मध्यावधि निर्वाचनको हल्ला फैलाउने काम भयो : गृहमन्त्री थापा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–गृहमन्त्री रामबहादुर थापाले मुलुकमा मध्यावधि निर्वाचनको हल्ला फैलाउने काम भएको बताएका छन् ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गण्डगी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका उनले मध्यावधि निर्वाचनको हल्ला गरिएको बताएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मध्यावधि निर्वाचनको आशंका उत्पन्‍न भएको थापाले बताए। ‘एमसीसी प्रकरण, नयाँ सभामुख चयन, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा जस्ता केही सवाललाई देखाएर देश मध्यावधी निर्वाचनतर्फ जान्छ कि भन्ने विश्लेषण गरेको पाइन्छ। तर, त्यस्तो केही हुँदैन,’ उनले भने, ‘यी कुनै पनि कारणले समस्या आउँदैन।’

सत्तारुढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने भनेर गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने मन्त्री थापाले बताए।नेकपाभित्र विवाद नरहेको उनको दाबी थियो। उनले विवाद अनावश्यक रूपमा सिर्जना गराइएको दाबी गरेका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ११ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक