४ लाख भन्दा धेरै नेपाली रहेको कतारमा पनि देखियो कोरोना भाइरस « Khabarhub

४ लाख भन्दा धेरै नेपाली रहेको कतारमा पनि देखियो कोरोना भाइरस


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोहा– मध्यपूर्वी मुलुक कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले आक्रान्त पारेको अर्को मध्यपूर्वी मुलुक इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे संक्रमितको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

इरानबाट आपतकालीन उद्धार गरी स्वदेश फर्काएर क्वारेन्टाइनमा राखिएका व्यक्तिमा यसको संक्रमण देखा परेको जनाइएको छ ।

शुक्रबारमात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको प्रकोप बढ्दै गएको जनाएको थियो ।

हालसम्म विश्वभर कोरोनाभाइरसबाट २८ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने विश्वभर हजारौं संक्रमित छन् ।

कतारमा ४ लाख धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ५७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा