४ लाख भन्दा धेरै नेपाली रहेको कतारमा पनि देखियो कोरोना भाइरस « Khabarhub

४ लाख भन्दा धेरै नेपाली रहेको कतारमा पनि देखियो कोरोना भाइरस


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा– मध्यपूर्वी मुलुक कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले आक्रान्त पारेको अर्को मध्यपूर्वी मुलुक इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे संक्रमितको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

इरानबाट आपतकालीन उद्धार गरी स्वदेश फर्काएर क्वारेन्टाइनमा राखिएका व्यक्तिमा यसको संक्रमण देखा परेको जनाइएको छ ।

शुक्रबारमात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको प्रकोप बढ्दै गएको जनाएको थियो ।

हालसम्म विश्वभर कोरोनाभाइरसबाट २८ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने विश्वभर हजारौं संक्रमित छन् ।

कतारमा ४ लाख धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको