कांग्रेसमा विभागीय जिम्मेवारी बाँडफाँड–श्रेष्ठलाई संगठन, शर्मालाई प्रचार विभाग « Khabarhub

कांग्रेसमा विभागीय जिम्मेवारी बाँडफाँड–श्रेष्ठलाई संगठन, शर्मालाई प्रचार विभाग


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको सभापति शेरबादुर देउवाले पार्टीका १३ वटा केन्द्रीय विभाग गठन गरेका छन् ।

कांग्रेसले विश्वप्रकाश शर्मालाई प्रचार विभागको जिम्मा दिएको छ भने गोपालमान श्रेष्ठलाई संगठन विभागको जिम्मा दिएको छ ।

त्यस्तै गोविन्द भट्टराईलाई जनसम्पर्क विभाग,अजय चौरसियालाई तराई मधेश विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मा दिइएको छ।

त्यस्तै कांग्रेसले तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्य थप गरेको छ । । कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्यहरुमा गोपाल बस्नेत झापा, सुधिर शिवाकोटी झापा, मनोहरनारायण श्रेष्ठ धनकुटा छन्।

क–कसले पाए विभागको जिम्मेवारी

संगठन विभाग : गोपालमान श्रेष्ठ

संघीय मामिला तथा प्रदेश समन्वय विभाग : रमेश रिजाल

मुस्लिम विभाग : फरमूल्लाह मन्सुर

स्थानीय तह समन्वय विभाग : अर्जुनप्रसाद जोशी

वित्तिय तथा सहकारी संस्था समन्वय विभाग : आनन्दप्रसाद ढुंगाना

तराई–मधेश समन्वय विभाग : अजयकुमार चौरसिया

यातायात व्यवसायी समन्वय विभाग : महेन्द्र यादव

तरुण विभाग ; शंकर भण्डारी

आदिवासी जनजाति विभाग ; सीता गुरुङ

नेपाली जनसम्पर्क समिति समन्वय विभाग ; गोविन्द भट्टराई

उद्योग व्यापार विभाग ; चिनकाजी श्रेष्ठ

सूचना, संचार तथा प्रचार विभाग ; विश्वप्रकाश शर्मा (प्रवक्ता)

श्रमिक तथा ट्रेड युनियन विभाग ; शिवप्रसाद हुमागाँइ

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ०९ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ