इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, ‘लकडाउन’ तत्काल नखुल्ने « Khabarhub

इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, ‘लकडाउन’ तत्काल नखुल्ने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो ।

५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

लकडाउन तत्काल नखुल्ने

अनेकौं प्रयासका बाबजुद कोरोना भाइरसको संक्रमण नरोकिएपछि फेब्रुअरी २१ देखि जारी ‘लकडाउन’ लम्बिने भएको छ ।

इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ लम्बिने त्यहाँकी गृहमन्त्रीले बताएकी छन् ।

इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै ‘लकडाउन’ लकडाउन खोल्न सक्ने अवस्था नरहेको बताएकी छन् ।

इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ०६ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई