कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ ।

८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको निधन शुक्रबार भएको पुष्टी गरेका छन्।

टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ५९ बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा