काठमाडौं – जापानमा कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको हो ।
यस्तै १ सय ९४ जनामा संक्रमण देखिएपछि जापानमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३७ पुगेको छ ।
जापानको चिबाकेनमा मात्रै ५६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
यसअघि चिबासंग जोडिएको टोकियोमा ६३ जना संक्रमित भेटिएका थिए । जापनमा एकै दिन यति धेरै संक्रमित पहिलो पटक भेटिएको हो ।
कोरोनाको संक्रमण बढ्दै गएपछि जापानमा कार्यरत करिव १ नेपाली त्रसित बनेका छन् । यद्यपि अहिलेसम्म त्यहाँ रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।
प्रतिक्रिया