‘लकडाउन’काबीच घर जान दिल्लीका बसपार्कमा भेला भएका सर्वसाधारण « Khabarhub

‘लकडाउन’काबीच घर जान दिल्लीका बसपार्कमा भेला भएका सर्वसाधारण


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीविरुद्ध भारतमा लकडाउन छ । भारतीय प्रधानमन्त्रीले २१ दिनको लकडाउनमा सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उनले २१ दिन संयम हुन नसके देश २१ वर्षपछि पर्ने बताएका छन् । तर लकडाउनकैबीच सर्वसाधारण नागरिक भने दिल्लीबाट बाहिरिने योजनासहित बसपार्कमा भेला भएका छन् ।

यो घटना हिजो (शनिबार) को हो । शनिबार भारतमा लकडाउन जारी भएको चौथो दिन, राजधानी दिल्लीस्थित विभिन्न बस पार्कमा हजारौं मानिसहरु आ आफ्नो घर फर्किन जम्मा भएका थिए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीको अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेको छ।

भारतको प्रमुख विपक्षी पार्टी काँग्रेस आईकी महासचिव प्रियंका गान्धीले शनिबार दिल्लीको आनन्द विहार, गाजिवादलगायत क्षेत्रबाट महिला, बालबालिकासहित मजदुरहरु आ आफ्नो घर फर्किन सडकमा आएको बताएकी छन्। उनले यो अवस्था नियन्त्रणमा लिनसमेत सरकारसँग माग गरेकी छन्। साथै उनले भारत सरकारको आलोचना पनि गरेकी छन्।

भारतमा हालसम्म कोरोनाबाट २४ जनाको मृत्यु भइसकेको छ भने, ९ सय ८७ जना संक्रमित भएका छन्। भारतमा २१ दिने लकडाउन जारी छ।

तस्वीरमा हेर्नुहोस सडकमा भेला भएका सर्वसाधारण

तस्वीर सामाजिक सञ्जाल

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : २२ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको