विपन्न एवं दैनिक ज्यालादारीमा नर्भर नागरिकलाई राहत दिन नगरपालिका संघको आग्रह | Khabarhub Khabarhub

विपन्न एवं दैनिक ज्यालादारीमा नर्भर नागरिकलाई राहत दिन नगरपालिका संघको आग्रह


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नगरहरुको छाता संस्था नेपाल नगरपालिका संघले विपन्न एवं दैनिक ज्यालादारीमा निर्भर नागरिकको पहिचान गरि न्यूनतम राहत उपलव्ध गराउन आग्रह गरेको छ ।

नेपाल नगरपालिका संघका प्रमुखसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले सम्पूर्ण महानगर, उपमहानगर र नगरपालिकाहरुलाई कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र गरीब जनताका लागि राहत उपलव्ध गराउन आग्रह गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले जारी गरेको नेपाल नगरपालिका संघको विज्ञप्तिमा भनिएको छ, नगरपालिकाहरुका विपन्न एवं दैनिक ज्यालादारीमा निर्भर परिवार पहिचान गरि न्यूनतम राहत उपलव्ध गराउन हार्दिनक अपिल गर्दछु ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ )को माहामारीबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मानिसहरु प्रभावित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सतर्क रहन संघले आग्रह गरेको छ ।

नेपालमा पनि पाँच जनामा संक्रमण देखिएको भन्दै संक्रमण फैलन नदिनका लागि मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा स्थानीय सरकारहरुको मुख्य भुमिका रहने हुँदा माहामारी फैलिन नदिन सचेतीकरण , पूर्वाधार निर्माण र संभावित आपतकालिन अवस्थको पूर्व तयारी गर्न अनुरोध गरिएको छ ।

नगरपालिका संघले सबै स्थानीय तहले आफ्नो गाँउ नगरमा हाल विदेशबाट आएकाको तथ्यांक संकलन संघ ,प्रदेश सरकार तथा नेपाल नगरपालिका संघमा पठाउन र निर्धारित मापदण्ड अनुसार क्वारेन्टीनमा राख्न र संक्रमणको लक्षण देखिएमा सुरक्षा विधि सहित तोकिएको स्वास्थ संस्था लैजाने व्यवस्था मिलाउन भुमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ३२ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको