कोभिड–१९: राष्ट्रिय गौरवका आयोजनामा असर « Khabarhub

कोभिड–१९: राष्ट्रिय गौरवका आयोजनामा असर


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा असर पुर्‍याएको छ ।

बागलुङ जिल्लामा सञ्चालित दुई राष्ट्रिय गौरवको आयोजना मध्यपाहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण केही दिनका लागि बन्द गरिएको छ ।

यही असार मसान्तसम्म ती अयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड कालोपत्रे गर्ने लक्ष्य रहेको थियो । यस्तै कालिगण्डकी करिडोरको सडक चौडा पार्ने कार्य ठप्प रहेको सो करिडोरको निर्माणको जिम्मा पाएको नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टाईले जानकारी दिए ।

सो करिडोरको बागलुङ खण्डमा पर्ने ३६ किमी मध्ये १० किमी सडक निर्माण सम्पन्न भई सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।

अन्य सडकलाई चौडा पार्नेकार्य जारी रहदा सरकारले भीडभाड गर्न बन्देज लगाएपछि बम ब्लाष्टिङको काम ठप्प भएको हो । सो भाइरसका जोखिमका कारण केही कामदार घर फर्किएका छन् । केही कामदार सेनाकै अस्थायी क्याम्पमा आश्रय लिएर बसेको जनाइएको छ ।

यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लामा पर्ने १४२ किलोमिटर मध्ये ९० किमी सडक कालोपत्रे भइ सकेको छ ।

५२ किलोमिटर सडक निर्माणको चरणमा रहेको छ । सो अन्तर्गत निसीखोला खण्डको ४१ किमी सडक र बागलुङ बजारदेखि बिँहु घोडाबाधे सडकको २५ किमी मात्र कालोपत्रे गर्न बाँकी रहेको थियो ।

असारसम्म कालोपत्रे सक्नेगरी निसीखोला खण्डमा कालोपत्र शुरु भएपनि लकडाउनका कारण आयोजना प्रभावित भनेको लोकमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख आशिष थापाले जानकारी दिए । “राज्यले उच्च सर्तकता अपनाएको समयमा हामीले निर्माण कार्य जारी राख्ने अवस्था भएन”उनले भने“कोरोनाको जोखिम अन्त्य भएपछि निर्माण कार्य शुरु हुन्छ, कामदार घर गएकोे अवस्था छ, निर्माण सम्पन्न मिति स्वभाविक रुपमा धकेलिन्छ ।”

राष्ट्रिय गौरवको आयोजना मात्र हैन संघीय, प्रदेश तथा स्थानीय सरकारले निर्माण थालेको सडक, खानेपानी लगायतका साना ठूला आयोजना समेत प्रभावित भएका छन् । विकास निर्माण ठप्प हुँदा असार अन्तिममा आएर धमाधम निर्माण कार्य गर्दा निर्माणमा गुणस्तर नहुँने जस्ता समस्या देखिनेछन् । तीनै तहका सरकारले असारे विकास निरुत्साहित गर्ने गरी धमाधम निर्माण कार्य थालिएपनि कोरोना भाइरसका जोखिमले योजनालाई सम्पन्न हुन केही ढिलाई हुने देखिन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ०५ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको