चीनबाट आएका स्वास्थ्य सामग्री आइतबार नै सातै प्रदेशमा वितरण गरिने | Khabarhub Khabarhub

चीनबाट आएका स्वास्थ्य सामग्री आइतबार नै सातै प्रदेशमा वितरण गरिने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ ।

सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले अनुदानमा दिएका स्वास्थ्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको जहाज चीन ग्वान्जाओ गएको थियो । कोरोना भाइरसको परीक्षणदेखि रोकथामसँग सम्बन्धित १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएर जहाज आइतबार बिहान काठमाडौं आइपुगेको थियो ।

जहाजले ल्याएका स्वास्थ्य सामग्री अनलोड भइसकेको र आइतबार नै हेलिकोप्टरमार्फत सातै प्रदेशमा वितरण गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चीनबाट ल्याइएका सामानमध्ये सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गर्न प्रयोग हुने ¥यापिड डायग्नोस्टिक किट १ लाख थान छन् ।

यस्तै, पोर्टेबल पीसीआर रिएजेन्ट किट २० हजार थान, पोर्टेबल पीएसआर मेसिन ५ थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल १ हजार ५ सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु एन(९५ लगायत ३० हजार थान, विभिन्न साइजका ग्लोब १ लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी ४ हजार थान छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : २३ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार