लकडाउनका कारण बाटैमा अड्किए अर्जुन रामपाल | Khabarhub Khabarhub

लकडाउनका कारण बाटैमा अड्किए अर्जुन रामपाल


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण भारतमा २१ दिन लकडाउन गरिएको छ । जसकारण पूरै भारत सेल्फ आइसोलेसनमा छ । लकडाउनका कारण आम मान्छेको जीवनमा समस्या देखिएको छ ।

बलिउड कलाकार अर्जुन रामपाल पनि लकडाउनका कारण बीच बाटोमै अड्किएका छन् ।

भारत सरकारले लकडाउन गरेपछि ७ महिनाको छोरो र आफ्नी गर्लफ्रेण्डसँग अर्जुन मुम्बईबाट टाढा करजतमा बसेका छन् । अर्जुनले योबारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनका अनुसार लकडाउनभन्दा पहिले उनी शूटिङ गरिरहेका थिए । सरकारले लकडाउन घोषणा गरेपछि उनी त्यहीँ बसे ।

भिडियोमा उनी भन्छन्, ‘तपाईंलाई लागिरहेको होला कि, यसलाई के भयो, यो त साधु बन्यो, तर समय नै यस्तो आयो कि साधुको जीवन बाँच्न परिरहेको छ ।’

यसको कारण अर्जुनले कोरोना भाइरसलाई दिएका छन् ।

अर्जुन जहाँ बसिरहेका छन्, त्यहाँ एकदमै स्वच्छ छ । उनले आफू पनि सेल्फ आइसोलेसनमा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १ : ४६ बजे

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा

आज तिहारको मुख्य दिन भाइटीका

काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ।

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

आज २०८२ साल कात्तिक ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा