महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह « Khabarhub

महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् ।

सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै उनले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गरेका छन् ।

“चिकित्सकमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग हो । म नेपालभरिका सबै स्वास्थ्यकर्मीमा आजको यो प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मीसमेतका नाताले अपिल गर्दछु”, उनले भनेका छन् ।

महामन्त्री डा कोइरालाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नलाई कांग्रेसले निरन्तर साथ दिँदै आएको र लकडाउनको पालना गरेर जनताले यो सङ्घर्षप्रति ऐक्यबद्धता जनाइरहेको उल्लेख गरेका छन् ।

उनले परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा सङ्घर्षमा जीत हासिल गर्नुपर्ने बताएका छन् ।

चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले उनले आजको स्थितिलाई निकै दिनदेखि नजिकबाट नियालिरहेको उल्लेख गर्दै नेपाल सरकार र नेपालभरका स्वास्थकर्मीका नाममा यो अपिल सार्वजनिक गरेको जनाएका छन् ।

स्वास्थ्यकर्मीका लागि अनिवार्य व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रबन्ध समयमै गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्दै महामन्त्री कोइरालाले यथाशीघ्र देशव्यापी रूपमा पिपिई पुर्‍याएर सम्भावित सङ्क्रमितको परीक्षण एवं सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग अनुरोध गरेका छन् ।

परीक्षणको व्यवस्था जिल्लास्तरमा पुर्या‍उन सुझाव

विश्व स्वास्थ्य सङ्गठनले बढीभन्दा बढी परीक्षणका लागि अपिल गरेको जानकारी गराउँदै उनले केवल टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरेर परीक्षणको चाप धान्न नसकिने भएकाले तत्काल सातै प्रदेशमा परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रित गर्न सरकारलाई विशेष अनुरोध गरेका छन् ।

“हालसम्म पाँचजनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं व्यक्तिगत साथी समूहको परीक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद् छ । तत्काल परीक्षण गर्ने व्यवस्था मिलाउन म काँग्रेसका तर्फबाट सरकारलाई अनुरोध गर्दछु”, उनले अपिलमा उल्लेख गरेका छन् ।

लकडाउनमा घरभित्र बसेका जनतालाई सङ्क्रमणको कुनै आशङ्का हुनासाथ घरबाटै सावधानीपूर्वक ल्याएर परीक्षण केन्द्रमा पु¥याउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै महामन्त्री डा कोइरालाले त्यसरी आइसोलेसन र सङ्क्रमित देखिए सुरक्षित उपचारको व्यवस्थाले मात्रै सम्बन्धित व्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिने बताएका छन् । उनले काँग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा अन्य देशका सफलता र असफलताबाट पाठ सिकेर अघि बढ्नु सबैको राष्ट्रिय कर्तव्य रहेको अपिल गरेका छन्र्नु ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १ : ५५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील