वर्षा शिवाकोटीलाई मजदुर वर्गको चिन्ता: गरिन् १ लाख सहयोग घोषणा « Khabarhub

वर्षा शिवाकोटीलाई मजदुर वर्गको चिन्ता: गरिन् १ लाख सहयोग घोषणा


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमण रोक्न सघाउ पुर्‍याउन भन्दै नायिका वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोषमार्फत १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।

शिवाकोटीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न चाहेको बताएकी छिन् ।

विपदका बेला कलाकारले तैँ चुप र मै चुपको अवस्था देखाइरहेका बेला वर्षाले दैनिक गुजारा गरेर जीवन चलाउनेहरुलाई सहयोग पुगोस् भन्दै रकम छुट्याएको बताएकी छिन् ।

वर्षाले भनेकी छिन्, ‘मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री रहात कोष’मा रु १ लाख जम्मा गर्न चाहन्छु र मेरो इच्छा यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहनीमा जाओस्, जसले दैनिक काम गरेर गुजारा चलाउनुहुन्छ ।’

केही हप्तायता वर्षा शिवाकोटी घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । परिवारका साथ समय बिताएकी वर्षाले घरमा हुँदा फिल्म हेर्ने र पुस्तक पढ्ने गरिरहेकी छिन् ।

यस्तो छ वर्षाको भनाइ:

नमस्ते म वर्षा शिवाकोटी

देश लकडाउन भएको आज छैठौ दिन, आजको दिनसम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवान सँग यही प्राथना गर्दछु कि हाम्रो देश, हामी नेपाली कसैलाई केही नहोस् ।

सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिविकोपार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ ।

सरकारले उहाहरुको लागी जती सक्दो चाडो राहत को बेबस्था गर्नु हुनेछ भन्ने आशा गरौँ । यसका लागि मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्छा, यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस् । जसले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ !

मैले यो पैसाले आफैले राहत किनेर ति दाजुभाई दिदीबहिनी समक्ष पुराउने इच्छा थियो तर नेपाल सरकारले सुरक्षित हुन दिनुभएको आदेशलाई हामी सबै नेपालीले मान्नै पर्छ र त्यही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमार्फत दिने सोच बनाएँ ।

अन्त्यमा देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्सहरू र मेडिकलसँग सम्बन्धित अन्य व्यक्तिहरू र हाम्रा देशका खम्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरसबाट बचाउन लाग्नुभएका अन्य क्षेत्रका व्यक्तिमा मेरो नमन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : ५२ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली