नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित « Khabarhub

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन् । 

लुम्बिनीमा बिहीबार सम्पन्न आठौँ केन्द्रीय महाधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित  भएका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टले आफ्नो कार्यकालमा स्वास्थ्यकर्मीको हकहितका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्वास्थ्यकर्मीको दरबन्दी बढाउनेदेखी शान्ति,सुरक्षा , स्वास्थ्यकर्मीलाई विदेशिनबाट रोक्न आफ्नो पहलकदमी हुने बताए ।

त्यस्तै महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा मिना श्रेष्ठ, वसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन भएका छन् । 

यसैगरी महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित भए । 

कोषाध्यक्षमा सुरेश दवाडी, सह कोषाध्यक्षमा शेर बहादुर खत्री र सचिवहरूमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत निर्वाचित भएका छन् । 

सदस्यहरूमा गणेश प्रसाद नेपाल, प्रमोद प्रसाद कश्यप, पुनम कुमारी शाह, गजेन्द्र बहादुर थापा, इन्द्रा लोहनी, विष्णु प्रसाद खनाल, सुजता भट्टराई, लक्ष्मणनाथ योगी, बम प्रसाद भट्ट, अनिल कुमार शाह, रमेश कुमार खनी, हरि प्रसाद जैसी, प्रदीप योगी, मिना कुमारी काकी, होमनाथ सुवेदी, दिपेन्द्र कुमार सिंह, गंगा सेनी, गणेशराज पौडेल, सिताराम चौधरी, लोक प्रकाश रोकाय, नवराज खड्का, विष्णु प्रसाद शर्मा, आलोक कुमार चौधरिया, हिरालाल शाह, रोषण श्रेष्ठ र धुर्वराज भिमिरे निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ५३ बजे

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ

भूमिमन्त्रीको अध्यक्षतामा बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन