वर्षा शिवाकोटीलाई मजदुर वर्गको चिन्ता: गरिन् १ लाख सहयोग घोषणा « Khabarhub

वर्षा शिवाकोटीलाई मजदुर वर्गको चिन्ता: गरिन् १ लाख सहयोग घोषणा


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमण रोक्न सघाउ पुर्‍याउन भन्दै नायिका वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोषमार्फत १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।

शिवाकोटीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न चाहेको बताएकी छिन् ।

विपदका बेला कलाकारले तैँ चुप र मै चुपको अवस्था देखाइरहेका बेला वर्षाले दैनिक गुजारा गरेर जीवन चलाउनेहरुलाई सहयोग पुगोस् भन्दै रकम छुट्याएको बताएकी छिन् ।

वर्षाले भनेकी छिन्, ‘मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री रहात कोष’मा रु १ लाख जम्मा गर्न चाहन्छु र मेरो इच्छा यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहनीमा जाओस्, जसले दैनिक काम गरेर गुजारा चलाउनुहुन्छ ।’

केही हप्तायता वर्षा शिवाकोटी घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । परिवारका साथ समय बिताएकी वर्षाले घरमा हुँदा फिल्म हेर्ने र पुस्तक पढ्ने गरिरहेकी छिन् ।

यस्तो छ वर्षाको भनाइ:

नमस्ते म वर्षा शिवाकोटी

देश लकडाउन भएको आज छैठौ दिन, आजको दिनसम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवान सँग यही प्राथना गर्दछु कि हाम्रो देश, हामी नेपाली कसैलाई केही नहोस् ।

सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिविकोपार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ ।

सरकारले उहाहरुको लागी जती सक्दो चाडो राहत को बेबस्था गर्नु हुनेछ भन्ने आशा गरौँ । यसका लागि मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्छा, यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस् । जसले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ !

मैले यो पैसाले आफैले राहत किनेर ति दाजुभाई दिदीबहिनी समक्ष पुराउने इच्छा थियो तर नेपाल सरकारले सुरक्षित हुन दिनुभएको आदेशलाई हामी सबै नेपालीले मान्नै पर्छ र त्यही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमार्फत दिने सोच बनाएँ ।

अन्त्यमा देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्सहरू र मेडिकलसँग सम्बन्धित अन्य व्यक्तिहरू र हाम्रा देशका खम्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरसबाट बचाउन लाग्नुभएका अन्य क्षेत्रका व्यक्तिमा मेरो नमन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : ५२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने