रुपन्देहीको कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु « Khabarhub

रुपन्देहीको कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोरोना भाइरस (कोभिड १९)को आशंका अस्पताल भर्ना भएका १ व्यक्तिको मृत्यु भएको छ ।

रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको सैनामैना नगरपालिका घर भएका ३४ वर्षीय पुरुष छन् ।

उच्च ज्वरोसहित रुघाखोकीको लक्षण देखिएपछि उनलाई चैत १३ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उनी केही समय अगाडि संयुक्त अरब ईमिरेट्सको दुबईबाट नेपाल आएका थिए । बुटवल उपमहानगरपालका प्रवक्ता राम प्रसाद रेग्मीले कोरोना विशेष अस्पतालमा भर्ना भएका १ जनाको मृत्यु भएको पुष्टि गरे । तर, उनको मृत्युको कारणबारे खुल्न नसकेको रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ११ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने