बुटवलस्थित विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गरिँदै « Khabarhub

बुटवलस्थित विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गरिँदै


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीका बुटवलस्थि कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबारे जानकारी दिँदै बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको कोरोनाको परीक्षण हुने जाकारी दिएको हो ।

कोरोनाको आशंकामा भर्ना भएका व्यक्तिको मृत्यु भएपनि उनको कोरोना परीक्षणका थ्रोड स्वाबको नमुना संकलन भइसकेको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइँदै गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

उनको मृत्युको कारण कोरोना संक्रमण हो वा होइन भन्नेबारे परीक्षणको नजिता आएपछि मात्र जानकारी हुने प्रवक्ता देवकोटाले बताए ।

‘बुटवलमा क्वारेन्टाइमा राखेको व्यक्तिको मृत्यु भएको कुरा आएको छ, ती व्यक्तिको नमुना संकलन गरेर यहाँ आउने क्रममा छ,’ प्रवक्ता देवकोटाले भने, ‘त्यसको विषयमा थप कुरा नमुना परीक्षण पछि नै जानकारी हुन्छ, अहिलेसम्म नमुना परीक्षण नभइसकेको मैले जानकारी गराए ।’

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : ०३ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर