अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ सम्म थपियो « Khabarhub

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ सम्म थपियो


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।

आइतबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी २०७७ वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि समितिले चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित संक्रमण रोकथामका लागि चैत ९ गते आइतबार देखि १० दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : १२ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने