कांग्रेस नेता रेग्मीको निधन « Khabarhub

कांग्रेस नेता रेग्मीको निधन


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्यांङ्जा- कांग्रेस नेता एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज निधन भएको छ ।

लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

वि.सं. २०३१ को स्याङ्जा बमकाण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको निधनले अपूरणीय क्षति पुगेको काँग्रेस स्याङ्जाका सभापति बुद्धिबहादुर रानाले बताए।

वि.सं. २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उनी पनि थिए ।

रेग्मी केही महीना अघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित भएका थिए ।

रेग्मीका श्रीमती र दुई छोरी छन् । सोमबार रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिपछि रामनदीधाम राम्दीमा दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सभापति रानाले बताए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : १० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने