कोरोना संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित « Khabarhub

कोरोना संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै जापानका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ ।

जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेकोे छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुगेको छ ।

जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुुरा हेर्न भन्दै विभिन्न पार्कमा पुुगी रमाइलो गर्ने समय हो । यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।

टोकियोका गभर्नर युरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गर्नुभएको छ । जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ । संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुनै पन नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताए ।

उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफनै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गरे ।

बाग्लुङ, गलकोटका दिलु खत्री देशभित्र रोजगारी नपाएपछि २५ वर्ष पहिले जापानको एक होटलमा काम गर्न जापान आएका हाल उनको निजी लगानीमा व्यवसाय खुलेको छ । यस अन्तरालमा खत्रीले सात वटा नेपाली रेष्टुरेन्ट खोलेका छन् ।

जापानका इवाराकी, चिवा र टोकियो केनमा सन्चालित उहाँका रेष्टुरेन्ट कोभिड १९ भाइरस संक्रमणको डरले ग्राहकहरु आउन छोडेपछि प्रायः सुनसान हुन थालेको खत्रीले बताए ।

दस वर्ष पहिले जापान आएका दोलखाका केशरमान कार्कीले चिवा केनको फुुनावासी र टोकियो सिनागोभुुमा गरी दुुईवटा रेष्टुुरेन्ट सन्चालनमा ल्याएका छन् । रातोभाले नामबाट सन्चालन गरेका यी दुुई रेष्टुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्र्याे तर अहिले सुुनसान बन्न थालेको छ ।

जम्मा ६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा १० देखि १५ जना ग्राहक हुन मुस्किल देखिएको उनले बताए ।

उनले एउटा रेष्टुरेन्टमा महिनाको झण्डै रु तीन लाख भाडा तिर्नुपर्छ । त्यसैगरी तिन कर्मचारीलाई व्यवस्थापन गर्न अहिले कार्कीलाई समस्या परेको छ ।

विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेल आफनो अध्ययन पुुरा भएपछि व्यवसायमा लागेका छन् । पौडेलले साइतामा केनको कितामोटो रेल स्टेनमा झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुरेन्ट खोलेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : ४६ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ