कोरोना संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित | Khabarhub Khabarhub

कोरोना संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै जापानका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ ।

जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेकोे छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुगेको छ ।

जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुुरा हेर्न भन्दै विभिन्न पार्कमा पुुगी रमाइलो गर्ने समय हो । यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।

टोकियोका गभर्नर युरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गर्नुभएको छ । जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ । संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुनै पन नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताए ।

उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफनै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गरे ।

बाग्लुङ, गलकोटका दिलु खत्री देशभित्र रोजगारी नपाएपछि २५ वर्ष पहिले जापानको एक होटलमा काम गर्न जापान आएका हाल उनको निजी लगानीमा व्यवसाय खुलेको छ । यस अन्तरालमा खत्रीले सात वटा नेपाली रेष्टुरेन्ट खोलेका छन् ।

जापानका इवाराकी, चिवा र टोकियो केनमा सन्चालित उहाँका रेष्टुरेन्ट कोभिड १९ भाइरस संक्रमणको डरले ग्राहकहरु आउन छोडेपछि प्रायः सुनसान हुन थालेको खत्रीले बताए ।

दस वर्ष पहिले जापान आएका दोलखाका केशरमान कार्कीले चिवा केनको फुुनावासी र टोकियो सिनागोभुुमा गरी दुुईवटा रेष्टुुरेन्ट सन्चालनमा ल्याएका छन् । रातोभाले नामबाट सन्चालन गरेका यी दुुई रेष्टुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्र्याे तर अहिले सुुनसान बन्न थालेको छ ।

जम्मा ६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा १० देखि १५ जना ग्राहक हुन मुस्किल देखिएको उनले बताए ।

उनले एउटा रेष्टुरेन्टमा महिनाको झण्डै रु तीन लाख भाडा तिर्नुपर्छ । त्यसैगरी तिन कर्मचारीलाई व्यवस्थापन गर्न अहिले कार्कीलाई समस्या परेको छ ।

विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेल आफनो अध्ययन पुुरा भएपछि व्यवसायमा लागेका छन् । पौडेलले साइतामा केनको कितामोटो रेल स्टेनमा झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुरेन्ट खोलेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : ४६ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड