चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाको माग « Khabarhub

चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाको माग


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामाग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

आइतबार चीनबाट सरकारले खरिद गरेको कोरोना परीक्षण कीट तथा अन्य सामग्रीको गुणस्तर परीक्षण गर्न जनस्वास्थ्य विज्ञहरुले माग गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलनमा विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताए पनि रसायन तथा मेडिकल आपूर्ति संघले बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरे पनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको बताएका थिए ।

तर, आपूर्ति संघले भने यस विषयमा बिज्ञप्ति जारी गर्दै भनेको छ- ‘स्वास्थ्य सेवा विभागसँग पटक-पटक छलफल भएको र सामान खरिद गर्ने विषयमा आवश्यकता र आपूर्ति समय अनुसार खरिद आदान- प्रदान गर्ने निर्णय भए पनि हालसम्म प्रक्रिया पूरा नभएको अवस्था छ ।’

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, मेडिकल तथा सर्जिकल सप्लायर्स, तथा विज्ञहरुको टिम नै बनाएर चीनबाट ल्याइएका सामाग्रीको गुणस्तर परीक्षण गर्नुपर्ने बताए ।

‘सरकारले महँगो दरमा चीनबाट किनेका कोरोना परीक्षण कीट तथा अन्य सामानको गुणस्तर चेक गर्नु जरुरी छ, ‘चीनबाट किनेका सामग्री २० देखि ३० प्रतिशत मात्र काम लाग्ने तथा अरु नक्कली भएपछि स्पेन, फ्रान्स, नेदरल्याण्ड लगायतका देशहरुले सम्पूर्ण सामग्री फिर्ता गरे,’ डा. पाण्डेले भने, ‘उनीहरु जनताप्रति जवाफदेही र देशको बजेट खानपिन नगर्ने किसिमका भएकोले नक्कली सामग्री फिर्ता गरे, हाम्रा खातापिताहरुले जनस्वास्थ्यमाथि खेलवाड नगरुन् । औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, मेडिकल तथा सर्जिकल सप्लायर्स, विज्ञ आदिको टिम बनाएर ती सामग्रीको परिक्षण होस्, प्रमाणित सामग्रीमात्र वितरण गरियोस् ।’

स्वास्थ्य मन्त्रालयले चीनबाट कोरोनाको उपचारका लागि चाहिने पीपीई लगायतका स्वास्थ्य सामाग्री खरिद गरेको जनाएको छ ।

यसअघि चीनका व्यापारीबाट खरिद भएका २० देखि ३० प्रतिशत स्वास्थ्य सामाग्री मात्र काम लाग्ने भएको भन्दै  स्पेन, फ्रान्स, नेदरल्याण्ड लगायतका देशहरुले सो सामान नै फिर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ३१ बजे

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती