विज्ञहरु भन्छन्- कोरोनाको संक्रमण चमेराबाट सरेको होइन « Khabarhub

विज्ञहरु भन्छन्- कोरोनाको संक्रमण चमेराबाट सरेको होइन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चमेरोबाट नसरेको विज्ञहरुले बताएका छन् ।

दक्षिण एसियाका ६४ जना संरक्षणविद् तथा चमेरोविज्ञले  चमेरोका कारण कोभिड-१९ नफैलिएको जनाउँदै यसको खण्डन गरेका हुन् ।

यो भाइसर सार्स-कोभ-२ भन्दा फरक भएको हुँदा चमेराबाट कोरोना नफैलिएको उनीहरूले दाबी छ ।

हालसम्म सार्स-कोभ-२ को उत्पत्ति कहाँबाट भयो भन्ने अज्ञात नै छ र यसका लागि चमेरो वा अन्य कुनै जनावरलाई दोष दिइनु गलत भएको उनीहरु बताँछन्।

बंगलोरको इन्डियन इन्स्टिच्युट अफ साइन्सअन्तर्गत वातावरण विज्ञान केन्द्रका प्राज्ञ हरीश प्रकाशका अनुसार चमरोबाट कोरोना संक्रमण फैलिएको भनेर आशंकाकै भरमा यसरी चमेरो बस्ने ठाउँ बिगार्दा उनीहरूले अरु नै  भाइरस फैलने खतरा हुने बताउँछन् ।

सबै जीवजन्तुमा कुनै न कुनै भाइरस हुनाले यसरी चमेरोलाई मात्र दोष दिनु गलत भएको उनी बताउछन् ।

अन्य जीवझैँ चमेरो पनि पारिस्थितिक प्रणाली सन्तुलित राख्नका लागि आवश्यक हुने भएकाले यसको संरक्षणका लागि पहल गर्नुपर्ने वैज्ञानिक तथा संरक्षणविद्हरूले बताएका छन् ।

कोभिड-१९ फैलिनुमा चमेरो कारक भएको बताउँदै अपुष्ट समाचारहरु बाहिरिएपछि चमेराका बासस्थान जलाउन, भत्काउने वा धूँवा छोड्ने गरिएका घटनाहरुप्रति विज्ञहरु झन चिन्तित बनेका छन् ।

मानवीय गतिविधिले जङ्गली जीवजन्तुलाई असर पुग्दै गर्दा चमेरोको पनि बासस्थान सङ्कटमा पर्नेतर्फ उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

मानवीय गतिविधिकै कारण नयाँ-नयाँ सङ्क्रमणकारी भाइरस आउन थालेको क्यानाडाको मक्मास्टर विश्वविद्यालयका पोस्ट-डक्टरल अनुसन्धानकर्ता अरिन्जय बेनर्जी बताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ४९ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना