विहारका पूर्वमुख्यमन्त्री यादवलाई कोरोना भाइरस संक्रमणको खतरा « Khabarhub

विहारका पूर्वमुख्यमन्त्री यादवलाई कोरोना भाइरस संक्रमणको खतरा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको विहारका पूर्वमुख्यमन्त्री लालु यावदलाई कोरोना भाइरस संक्रमणको खतरा भएको भन्दै भारतको राष्ट्रिय जनता दल (आरजेडी) ले स्वास्थ्योपचारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतको राष्ट्रिय जनता दल (आरजेडी)  नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराएका हुन् ।

पूर्वमुख्यमन्त्री यादवको उपचारमा संलग्न चिकित्सकलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको हुनसक्ने खबरपछि उनले ट्वीटमार्फत यादवको उपचारमा ध्यान दिन केन्द्र सरकारको ध्यानकर्षण गरेका हुन् ।

‘यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ । ७२ बर्षीय यादवले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहनुभएको छ र उहाँलाई कोरोनाभाइरस सङ्क्रमणको अत्याधिक खतरा छ । त्यसैले उहाँको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ,’ तेजस्वीले ट्वीटरमा लेखेका छन् ।

पूर्वमुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)’ को एक कक्षमा रहेका अर्का एक विरामीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गरेका हुन् ।

भ्रष्टाचार आरोपमा झारखण्डमा जेल जीवन बिताइरहेका बिहारका पूर्वमुख्यमन्त्री लालु यादवले सजायको धेरै हिस्सा रिम्स अस्पतालमा उपचार गरेरै विताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ४९ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।