ललितपुर महानगरले शुरु गर्यो गरीब र दैनिक ज्यालादारीलाई मेस « Khabarhub

ललितपुर महानगरले शुरु गर्यो गरीब र दैनिक ज्यालादारीलाई मेस


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाले गरीब, असहाय, दैनिक मजुदरी गर्ने श्रमिकका लागि खान खुवाउन मेस ( सामूहिक भोजन) सुरु गरेको छ । यो मेस लकडाउनको समयसम्मका लागि हो ।

यो मेस अहिले वडा नं ३ र १५ मा सुरु भइसकेको छ । अन्य वडाहरुमा आवश्यक सामान पु¥याइसकेको महानगरपालिकाले जनाएको छ ।

आवश्यक तयारी जतिसक्दो छिटो पुरा गरेर मेस संचालन गरिने महानगरले उल्लेख गरेको छ ।

सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट जोगिन लम्बाएको लकडाउनका कारण गरीब, र श्रमिक वर्गलाई हात मुख जोर्ने समस्या नहोस् भनेर मेस संचालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

यसअघि ललितपुर महानगरले नेपाल सरकारले गरेको राहत वितरणको निर्देशनलाई आधार मानेर महानगरपालिकाको स्रोतले भ्याउने गरी राहत वितरण गरेको थियो ।

मेस संचालन कुन ठाउँमा गर्ने वडा कार्यालयले नै निर्णय गर्ने महानगरपालिकाले जनाएको छ ।

‘खुल्ला र सफा स्थानमा सामाजिक दुरी कायम गरेर मेस संचालन गर्न हामीले भनेका छौं ’ प्रमुख महर्जनले बताए । मेसमा दिनको दुई पटक खाना खुवाइनेछ । बिहान १० बजे र साँझ ६ बजे खाना खुवाइनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै