नेकपामा देखिएको विवाद समाधानका लागि घनश्याम भूसालका तीन सुझाव « Khabarhub

नेकपामा देखिएको विवाद समाधानका लागि घनश्याम भूसालका तीन सुझाव


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि मन्त्रीसमेत रहेका नेकपाका नेता घनश्याम भूसालले सत्तारुढ दलमा अहिले देखिएको समस्या समाधान गर्नेबारे तीन–बुँदे उपाय सुझाएका छन् ।

भुषालले पार्टी एकता बचाउन संवादमा जोड दिन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा उनले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै उनले तीन बुँदै सुझाव दिएका हुन् ।

अहिले देशले सबै पार्टी सदस्यबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउँदै उनले त्यो सुझाव व्यक्त गरेका हुन्।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ नेकपाका स्थायी समिति सदस्य समेत रहेका भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र विभाजनको प्रक्रियामा गयो।’

उनले भनेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो-नहडबडाउँ, दोस्रो-संवाद गरौं र तेस्रो- संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ३९ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा