कोरोना नियन्त्रणबारे नेकपाका नेताहरुले गरे चिनियाँ टोलीसँग तीन घन्टा छलफल « Khabarhub

कोरोना नियन्त्रणबारे नेकपाका नेताहरुले गरे चिनियाँ टोलीसँग तीन घन्टा छलफल


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को सामना र सहकार्य बारेमा नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग छलफल गरेका छन् ।

नेता नेपालसहित उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल, सात बटै प्रदेशका पार्टी इन्चार्ज (पृथ्वी सुब्बा बाहेक) र डाक्टरहरूले बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स गरेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ ।

त्यसक्रममा पूर्व प्रधानमन्त्री नेपालले कोरोना रोकथाममा नेपालले गरिरहेको प्रयासबारे बताएका थिए ।

ताओले पनि कोरोना मानवीय समस्या भएकाले यसलाई लिएर विश्वका कसैले पनि राजनीति गर्न नहुने बताए । ताओले कारोना नियन्त्रणमा चिनियाँ तौरतरिका र अपनाइएका प्रविधिसमेत बारे बताएको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल