कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला? « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला?


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गैर जिम्मेवार मान नभइ असक्षम र नालायक भएको आरोप लगाएका छन् ।

बुधवार (आज) पार्टी कार्यालय सानेपामा बसेको  केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै नेता पौडेलले सरकारलाई नालायकको संज्ञा दिएका हुन् ।

नेता पौडेलले कोरोना महामारीबाट जनतालाई जोगाउन लाग्नुपर्नेमा सरकार अरुको पार्टी फुटाउने जस्ता कार्य गरेर रक्षक नै भक्षक बनेको आरोप लगाए । त्यसतै उनले राष्ट्रपति संविधानको रक्षक रहेकोमा राष्ट्रपतिबाटै संविधानमाथि प्रहार भएको आरोप लगाए ।

‘एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यसको सँगसँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसीरहेको सांसदलाई आश त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन?,’ उनले प्रश्न गरेका छन्,’ संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला?

‘

 

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल