लकडाउनको मौका छोपेर रेस्टुरेन्टबाट कम्प्युटरदेखि कचौरासम्म चोरी « Khabarhub

लकडाउनको मौका छोपेर रेस्टुरेन्टबाट कम्प्युटरदेखि कचौरासम्म चोरी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूर्यविनायक– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनको मौका छोपेर पछिल्लो समय शहरी क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् ।

मंगलबार राति मात्रै भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुरमा एउटा रेस्टुरेन्टमा चोरी भएको छ । प्रहरीका अनुसार स्थानीय दिनेश बस्नेतको रुवोसा रेस्टुरेन्ट एण्ड रिसोर्टबाट करिब ४ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उक्त रिसोर्टबाट टीभी १ थान, म्युजिक सिस्टम १ थान, ल्यापटप १ थान, क्यामेरा मनिटर १ थान, चरेसको प्लेट, थाल र कचौरा ७२ थान लयातका सामानहरु गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४१ बजे

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति