ललितपुरको ठेचोस्थित खाजा पसलमा आगलागी, ७ लाख बढीको धनमान जलेर नष्ट | Khabarhub Khabarhub

ललितपुरको ठेचोस्थित खाजा पसलमा आगलागी, ७ लाख बढीको धनमान जलेर नष्ट


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठेचो– ललितपुरको गोदावारी नगरपालिका-१२ ठेचोमा रहेको एउटा खाजा घरमा आगलागी हुँदा ७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

खोटाङको सितापोखरी घर भएका मदन कुमार राईले ठेचोमा सञ्चालन गर्दै खाजाघरमा बुधबार बिहान आगलागी भएको थियो । आगलागीबाट उक्त खाजाघरको टहरा, सुनको सिक्री, चाँदीको ब्रास्लेट, फर्निचर, लत्ताकपडा, भाँडाकुँडा लगायतको धनमाल जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा खाना पकाउने ग्यास लिक भएर आगो सल्किएको खुल्न आएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ०३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको