कर्मकाण्ड गर्ने पुरोहितलाई सवारी  पास उपलब्ध गराउन माग « Khabarhub

कर्मकाण्ड गर्ने पुरोहितलाई सवारी  पास उपलब्ध गराउन माग


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांस्कृतिक छात्र सङ्घ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन् ।

नेपालको बहुसङ्ख्यक नागरिक हिन्दू धर्ममा आस्था राख्ने भएकाले हिन्दू परम्पराअनुसार सञ्चालन हुने तिथि कर्म सञ्चालन गर्ने पुरोहितको लागि सवारी पास आवश्यक भएकाले उपलब्ध गराउन माग गरेको सांस्कृतिक छात्र सङ्घ नेपालका अध्यक्ष सुशान्त आचार्यले बताए ।

पैँतीस दिनदेखिको लकडाउनले मठमन्दिरको दैनिक पूजा आरधनाको काम गर्न समस्या भएको भन्दै पासको आवश्यकता परेको आचार्यले बताए ।

उनले भने, “हाम्रो परम्परामा मन्दिरको दैनिक पूजा, दशगात्रादि कर्म साथै तिथि श्राद्ध, न्वारनजस्ता क्रिया नियमित हुने भएकाले उक्त सङ्घको सिफारिसमा आवतजावतको लागि पास आवश्यक परेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल