एडीबीले नेपाललाई ३० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहयोग गर्ने « Khabarhub

एडीबीले नेपाललाई ३० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहयोग गर्ने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशियाली विकास बैंकले २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।

बैंकले तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडा र एशियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच बुधबार भएको टेलिफोन वार्तामा सो सहायता प्रदान गर्ने बैंकले प्रतिवद्धता जनाएको हो।

कोरोना भाइरसको संक्रमणका कारण परेको असर र बैंकले गर्ने सहयोगका विषयमा उनीहरुबीच फोन संवाद भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा अर्थमन्त्री खतिवडाले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबारे जानकारी गराएका थिए ।

उनले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु र २ सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरे ।

अर्थमन्त्रीले खतिवडाले बैंकले उर्जा, यातायात, खानेपानी र शहरी विकासलगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगको विशेष प्रशंसा गरेका थिए ।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड-१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको समेत प्रंशसा गरेका थिए ।

उनले कोभिड-१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्न बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवं निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ०७ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको