तीन सय बढी विपन्न परिवारलाई तरुणदल सिन्धुपाल्चोकले दियो राहत « Khabarhub

तीन सय बढी विपन्न परिवारलाई तरुणदल सिन्धुपाल्चोकले दियो राहत


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा बस्ने सिन्धुपाल्चोकका सर्वसाधारणलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले राहत वितरण गरेको छ ।

तरुणदल सिन्धुपाल्चोक जिल्ला समितिको नेतृत्वमा तीन सय बढी विपन्न परिवारलाई राहत बाँडिएको तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनमा अलपत्र परेका, दैनिक ज्याला, मजदुरी गर्दै आएका परिवारहरुलाई राहत बाँडिएको लामाले बताए ।

लामाका अनुसार पीडितलाई जिरा मसिना चामल १ बोरा, दाल १ केजि, तेल १ लिटर र नुन १ पोकाका दरले वितरण गरिएको हो । राहत पाउनेमा विपन्न परिवारको साथै अशक्तअपांग, दृष्टिविहीन समेत रहेको लामाले बताए ।

उनले समस्यामा परेकाको पहिचान गरी राहत वितरण गरिने पनि बताए । खाद्यान्नको गाडी सहित काठमाडौंका सुकेधारा, नयाँ बसपार्क , सोह्र खुट्टे, कीर्तिपुर, महालक्ष्मीस्थान, पुतलिसडक, मैतिदेबी र कालोपुलका ८ स्थान म‌ंगलबार राहत बाँडिएको थियो ।
बुधबार नारायणटार युवा क्लबको संयोजकत्वमा राहत वितरण गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : १६ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने