तीन सय बढी विपन्न परिवारलाई तरुणदल सिन्धुपाल्चोकले दियो राहत « Khabarhub

तीन सय बढी विपन्न परिवारलाई तरुणदल सिन्धुपाल्चोकले दियो राहत


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा बस्ने सिन्धुपाल्चोकका सर्वसाधारणलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले राहत वितरण गरेको छ ।

तरुणदल सिन्धुपाल्चोक जिल्ला समितिको नेतृत्वमा तीन सय बढी विपन्न परिवारलाई राहत बाँडिएको तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनमा अलपत्र परेका, दैनिक ज्याला, मजदुरी गर्दै आएका परिवारहरुलाई राहत बाँडिएको लामाले बताए ।

लामाका अनुसार पीडितलाई जिरा मसिना चामल १ बोरा, दाल १ केजि, तेल १ लिटर र नुन १ पोकाका दरले वितरण गरिएको हो । राहत पाउनेमा विपन्न परिवारको साथै अशक्तअपांग, दृष्टिविहीन समेत रहेको लामाले बताए ।

उनले समस्यामा परेकाको पहिचान गरी राहत वितरण गरिने पनि बताए । खाद्यान्नको गाडी सहित काठमाडौंका सुकेधारा, नयाँ बसपार्क , सोह्र खुट्टे, कीर्तिपुर, महालक्ष्मीस्थान, पुतलिसडक, मैतिदेबी र कालोपुलका ८ स्थान म‌ंगलबार राहत बाँडिएको थियो ।
बुधबार नारायणटार युवा क्लबको संयोजकत्वमा राहत वितरण गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल