चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना « Khabarhub

चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

भारतको हिन्दुस्तान टाईम्सले चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

बिहीबार परिक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हिन्दुस्तानले जनाएको छ ।

तर, चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन ।

ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टिनमा बसेको बताईएको छ ।

चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।

आईपीएलको यस संस्करण युएईमा हुँदैछ । १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका छ ।

तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : १३ बजे

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७