एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा कोरोना भाइरसको संक्रमण « Khabarhub

एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा कोरोना भाइरसको संक्रमण


१६ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।

योसँगै भारतले संक्रमणमा एसियाली मुलुकमा टर्कीलाई पनि उछिनेको छ । टर्कीमा संक्रमितको संख्या अहिलेसम्म १ लाख ६० हजार ९७९ छ ।

यस्तै भारतमा कोरोना भाइरसकै कारण एकै दिन १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : ०४ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा